आज यी दुई प्रदेशमा हिमपात, तराईमा हुस्सु

आज यी दुई प्रदेशमा हिमपात, तराईमा हुस्सु

२०८०, माघ २५ बिहिवार

  • 621
    SHARES

  • आज यी दुई प्रदेशमा हिमपात, तराईमा हुस्सु

    काठमाडौँ । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । आज देशका पहाडी भू-भागमा आंशिक बदली र बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ। तराईका केही स्थानहरूमा हुस्सु लागेको छ ।

    यस्तै, आज दिउँसो कोशी र गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहनेछ। कोशी र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

    यस्तैगरी आज राति कोशी र गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहनेछ । गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

    २०८०, माघ २५ बिहिवार०७:१०:५७

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार