राष्ट्रिय वाणिज्य बैंकले घर किन्न ५ करोडसम्म कर्जा दिने, ब्याजदर ९.४५ प्रतिशत

राष्ट्रिय वाणिज्य बैंकले घर किन्न ५ करोडसम्म कर्जा दिने, ब्याजदर ९.४५ प्रतिशत

२०८०, माघ २८ आइतवार

  • 701
    SHARES

  • राष्ट्रिय वाणिज्य बैंकले घर किन्न ५ करोडसम्म कर्जा दिने, ब्याजदर ९.४५ प्रतिशत

    काठमाडौँ । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले उपभोक्ता कर्जा निर्देशिका, २०७७ बमोजिम मेरो घर कर्जा योजना ल्याएको छ । घर खरिद, घर निर्माण तथा जग्गा खरिद गर्नका लागि अधिकतम पाँच करोड रुपैयाँसम्म दिइने मेरो घर कर्जाको ब्याजदर बेसरेटमा १.२० प्रतिशत प्रिमियम जोडिने छ ।

    हाल बैंकको बेसरेट ८.२५ प्रतिशत छ यसमा १.२० प्रतिशत प्रिमियम जोड्दा वार्षिक ९.४५ प्रतिशत ब्याजदरमा बैंकले मेरो घर कर्जा लगानी गर्नेछ ।

    कर्जा प्रशोधन तथा सेवा शुल्क एकपटकका लागि कर्जा रकमको ०.२५ प्रतिशत लाग्नेछ । कर्जा रकम मासिक किस्ताबन्दीमा भुक्तानी गर्ने गरी अधिकतम २० वर्षका लागि प्रदान गरिनेछ । यो कर्जा बैंकका देशभर रहेका सम्पूर्ण शाखा कार्यालयहरूबाट लिन सकिनेछ ।

    २०८०, माघ २८ आइतवार०७:०६:५५

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार