कतार लगातार दोस्रो पटक एसियन कप च्याम्पियन

कतार लगातार दोस्रो पटक एसियन कप च्याम्पियन

२०८०, माघ २८ आइतवार

  • 689
    SHARES

  • कतार लगातार दोस्रो पटक एसियन कप च्याम्पियन

    एजेन्सी । अक्रिम अफिफले पेनाल्टीमै ह्याट्रिक गरेपछि कतारले जोर्डनलाई ३-१ ले पराजित गर्दै एसियन कप फुटबलको उपाधि जितेको छ।

    शनिबार राति भएको खेलमा कतारले जोर्डनलाई पराजित गर्दै उपाधि रक्षा गरेको हो। कतार लगातार दोस्रो पटक च्याम्पियन बन्यो।

    कतार लगातार दोस्रो पटक उपाधि जित्ने पाँचौ टिम बन्यो। कतारले यसअघि २०१९ मा एसियन कप फुटबलको उपाधि जितेको थियो।

    प्रतियोगितामा रेफ्रिले आठौं पटक भिडिओ असिस्टेन्ट रेफ्रिको सहयोगमा पेनाल्टी दिएपछि कतार विजयी बनेको थियो। कतारले सेमिफाइनलमा दक्षिण कोरियालाई २-० ले हराउँदै पहिलो पटक एसिया कप जित्ने लक्ष्यमा रहेको जोर्डन फाइनलमा हार्न बाध्य भयो।

    खेलमा कतारले २२ औ मिनेटमा पेनाल्टी मार्फत अग्रता बनाएको थियो। तर जोर्डनका अल नियामतले ६७ औं मिनेटमा बराबरी गोल फर्काए। तर ६ मिनेटपछिनै कतारले दोस्रो पेनाल्टी पायो। खेलको अन्तिम सम्म गोल गर्न प्रयास रत रहेको जोर्डन १३ मिनेट थप गरिएको इन्जुरी समयमा पटक(पटक गोलको प्रयासमा रह्यो। तर इन्जुरी समयको पाँचौ मिनेटमा भिएआरको सहयोगमा तेस्रो पटक पेनाल्टी पाउँदा जोर्डनी खेमा निरास बन्यो।

    यसअघि पछिल्लो पटक २००० र २००४ मा लगातार दुइपटक उपधि जितेयता कतार यस्तो उपलब्धि हासिल गर्ने पहिलो टोली बन्यो। त्यसअघि १९८४ र ८८ मा साउदी अरेबिया, १९६८,७२ र ७६ इरान र त्यसअघि १९५६ र ६० मा दक्षिण कोरियाले लगातार दोस्रो पटक उपाधि जितेका थिए।

    २०८०, माघ २८ आइतवार०८:५४:५७

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार