दुर्गा प्रसाईंले आन्दोलनका लागि टुँडिखेल नपाउने

दुर्गा प्रसाईंले आन्दोलनका लागि टुँडिखेल नपाउने

२०८०, माघ २९ सोमवार

  • 733
    SHARES

  • दुर्गा प्रसाईंले आन्दोलनका लागि टुँडिखेल नपाउने

    काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईंले आन्दोलनका लागि टुँडिखेल नपाउने भएका छन् । 

    सोमवार साँझ प्रसाईँलाई गृहमन्त्री नारायणकाजी श्रेष्ठले टेलिफोन गरेर आन्लोलनका लागि टुँडिखेल दिन नसकिने बताएका हुन् । 

    प्रसाईंले फागुन १ गतेदेखि सुरु गर्न लागेको अर्को चरणको आन्दोलनलाई पनि सरकारले निगरानीमा राखेर टुँडिखेलबाहेकका स्थानमा आन्दोलन गर्न भनेर अघिल्लै दिन स्थान तोकिएको छ।

    प्रसाईंको सचिवालयले फागुन १ गते मंगलबार भृकुटीमण्डपमा आन्दोलन गर्ने तयारी रहेको बताएको छ । 

    संघीयता खारेज गर्नुपर्ने, हिन्दुराष्ट्र कायम गर्नुपर्ने, २०४७ को संविधान लागू गर्नुपर्ने, बैंक तथा वित्तीय संस्थाहरूलाई राष्ट्रियकरण गर्नुपर्ने मागसहित प्रसाईंले अर्को चरणको आन्दोलन गर्न लागेका हुन्।

    २० लाख रुपैयाँभन्दा माथिको ऋण ४ देखि ५ प्रतिशत ब्याजदरमा दिनुपर्ने, ऋणलाई पुनर्संरचना गरी १५ वर्षसम्ममा किस्तामा बैंकको ऋण तिर्ने वातावरण बनाउनुपर्ने, सरकारको मातहतमा रहेका संघसंस्थाहरुको पुँजी बैंकमा राख्दा शून्य प्रतिशत ब्याजमा राखिनुपर्ने, निजामती कर्मचारीको तलब सुविधा १ लाख ५० हजार हुने ग्यारेन्टी गर्नुपर्ने, सर्वोच्चमा १०० जना न्यायाधीश थप गरेर सबै मुद्दाको छिनोफानो २ वर्षभित्र गर्नुपर्नेलगायतका माग पनि प्रसाईंको आन्दोलनले गर्दै आएको छ।

    प्रसाईँले मंसिर ७ गते उपत्यका केन्द्रित आन्दोलन शुरु गरेपनि एक हप्तामै स्थगन भएको थियो ।

    २०८०, माघ २९ सोमवार०९:०९:२५

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार