पहाडी क्षेत्रमा वर्षा र हिमपात, अन्यत्र मौसम सफा रहने

पहाडी क्षेत्रमा वर्षा र हिमपात, अन्यत्र मौसम सफा रहने

२०८०, फाल्गुण ४ शुक्रवार

  • 669
    SHARES

  • पहाडी क्षेत्रमा वर्षा र हिमपात, अन्यत्र मौसम सफा रहने

    काठमाडौँ । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभावका कारणले देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहको छ। तराइका थोरै स्थानहरूमा हुस्सु लागेको छ।

    आज दिउँसो कोशी, बागमती ,गण्डकी र लुम्बिनी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने छ। गण्डकी प्रदेशको पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। 

    आज राति कोशी र गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने छ। गण्डकी र कोशी प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

    २०८०, फाल्गुण ४ शुक्रवार०६:५५:५४

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार