खानेपानीको अभाव झेलिरहेको महेन्द्र बौद्ध विद्यालयलाई बौद्धनाथ क्षेत्र विकासको राहत

खानेपानीको अभाव झेलिरहेको महेन्द्र बौद्ध विद्यालयलाई बौद्धनाथ क्षेत्र विकासको राहत

२०८०, फाल्गुण ६ आइतवार

  • 781
    SHARES

  • खानेपानीको अभाव झेलिरहेको महेन्द्र बौद्ध विद्यालयलाई बौद्धनाथ क्षेत्र विकासको राहत

    काठमाडौं । शुद्द खानेपानीको अभाव झेलिरहेको काठमाडौं महानगरपालिका वडा नं ६ बौद्ध स्थित महेन्द्र बौद्ध माध्यमिक विद्यालयले बुधबार देखि केहि राहत महसुस गरेको छ ।

    श्री बौद्धनाथ क्षेत्र विकास समितिले सामुदायिक बिद्यालयमा स्वच्छ पानी र सफा शौचालय निर्माणको अवधारणा अन्तरगत उक्त विद्यालयमा विद्यार्थी, शिक्षक र व्यवस्थापन पक्षलाई सहजरुपमा शुद्ध पिउने पानी उपलब्ध होस् भन्ने हिसावले रिभर्स अस्मोसिस (RO) सिस्टम सहितको  धारा जडान गरिदिएर उदाहरणीय कार्य गरेको छ ।

    1111.jpg

    श्रीपंचमीको अवसर पारेर श्री बौद्धनाथ क्षेत्र विकास समितिले जडान गरेको अत्याधुनिक रिभर्स अस्मोसिस (RO) सिस्टम सहितको शुद्ध पिउने पानीको धारा समितिका अध्यक्ष राजकुमार लामाले हस्तान्तरण गरेका हुन् । 

    अब विद्यार्थीले वाटर ट्रिटमेन्ट प्रणालीमार्फत शुद्ध भएको पानी पिउन पाउनेछन् । महेन्द्र  बौद्ध माध्यमिक विद्यालयको बिद्यालय शिक्षक अभिभावक संघका अध्यक्ष रीता रिसालको अध्यक्षता तथा श्री बौद्धनाथ क्षेत्र विकास समितिका अध्यक्ष राजकुमार लामाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको उक्त रिभर्स अस्मोसिस (RO) सिस्टम सहितको धारा हस्तान्तरण कार्यक्रममा विद्यालयका प्रधानाध्यापक धर्मेन्द्र खकुरेलले स्वागत मन्तब्य राखेका थिए ।

    11111.jpg

    उनले विद्यालयमा शुद्ध पिउने पानीको लागि रिभर्स अस्मोसिस (RO) सिस्टम सहितको धारा जडान गरिदिएकोमा श्री बौद्धनाथ क्षेत्र विकास समितिलाई धन्यवाद दिदै आगामी दिनमा पनि बिध्यालयको शैक्षिक गुणस्तर सुधारको लागि आवश्यक सहयोगको अपेक्षा गरेका थिए

    अत्याधुनिक रिभर्स अस्मोसिस (RO) सिस्टम सहितको शुद्ध पिउने पानीको धारा हस्तान्तरण कार्यक्रमलाई प्रमुख अतिथिको रुपमा सम्बोधन गर्दै श्री बौद्धनाथ क्षेत्र विकास समितिका अध्यक्ष राजकुमार लामाले पानीजन्य रोगहरुबाट मुक्त भएर ढुक्कसाथ विधार्थीहरुले पढ्न पाउन भन्ने उदेश्यका साथ उक्त बिध्यालयमा अत्याधुनिक रिभर्स अस्मोसिस (RO) सिस्टम सहितको शुद्ध पिउने पानीको धारा निर्माण गरिएको बताए ।

    उनले सामुदायिक बिध्यालयमा बिद्यार्थीको आकर्षण बृद्दि गराउनको लागि शैक्षिक गुणस्तरमा बृद्दि गर्नु पर्नेमा जोड दिएका थिए । बालबालिकाप्रति शिक्षक जत्तिकै अभिभावक पनि जिम्वेवार बन्ने हो भने सामुदायिक विद्यालयलाई अब्बल बनाउन सकिने बताउदै गुणस्तरीय शिक्षा प्रदान गरि नमुना बिध्यालय बनाउनुपर्नेमा जोड दिएका थिए ।

    111.jpg

    शैक्षिक गुणस्तर बृद्दी गर्नको लागि श्री बौद्धनाथ क्षेत्र विकास समितिले आगामी दिनमा पनि आवश्यक सहयोग गर्दै जाने बताए । बिध्यालयलाइ शैक्षिक गुणस्तरमा अब्बल बनाउन सकेको खण्डमा संस्थागत बिध्यालयको तुलनामा सामुदायिक बिध्यालयमा बिद्यार्थीको आकर्षण बढ्ने मात्र नभई सामुदयिक बिध्यालयमा भर्ना पाउन समेत मुस्किल पर्ने अवस्था सिर्जना हुने बताए ।

    उनले त्यस्तै अवस्था सिर्जना गर्नको लागि शैक्षिक गुणस्तरमा अब्बल बनाउनुपर्नेमा जोड दिएका थिए । उनले उक्त बिद्यालयमा क्षेत्र विकास समितिले शौचालय लगायतका भौतिक पूर्वाधार निर्माणको लागि सहयोग गर्ने समेत बताएका थिए ।

    1111111.jpg

    कार्यक्रममा श्री बौद्धनाथ क्षेत्र विकास समितिका सदस्यहरु जानुका भण्डारी श्रेष्ठ, पशुपतिनाथ (श्याम) खतिवडा रग्वा शेर्पा, सुरज रुम्बा लगायत शिक्षक बिद्यार्थी र अभिभावकहरुको उपस्थिति रहेको थियो ।

    अध्यक्षताको आसनबाट बोल्दै बिद्यालय शिक्षक अभिभावक संघका अध्यक्ष रीता रिसालले उपस्थित सबैलाई धन्यवाद दिदै आगामी दिनमा पनि यस्तै सहयोगको अपेक्षा गरेकी थिइन् ।

    २०८०, फाल्गुण ६ आइतवार०९:३०:०५

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार