तनहुँमा जन्ती बोकेको गाडी दुर्घटना हुँदा २ जनाको मृत्यु, १६ घाइते   

तनहुँमा जन्ती बोकेको गाडी दुर्घटना हुँदा २ जनाको मृत्यु, १६ घाइते   

२०८०, फाल्गुण ७ सोमवार

  • 585
    SHARES

  • तनहुँमा जन्ती बोकेको गाडी दुर्घटना हुँदा २ जनाको मृत्यु, १६ घाइते   

    दमौली । तनहुँको आँबुखैरेनी गाउँपालिका-१ गिरौनचोरस्थित भित्री सडकखण्डमा आज बिहान जन्ती बोकेको गाडी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

    बरादी-हिलेखर्कस्थित भित्री सडकखण्डमा जन्ती लिएर गइरहेको बा१८च ५९२१ नम्बरको बोलेरो जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको हो ।

    मृत्य हुने दुवै जनाको खनाखत नभएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक मोहनबहादुर खाँणले जानकारी दिए ।

    अनियन्त्रित भई जीप सडकबाट करिब ५०० मिटर तल खसेको छ । दुर्घटनामा १६ जना घाइते भएका छन् । घाइतेको विभिन्न अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । -रासस

    २०८०, फाल्गुण ७ सोमवार०८:०३:४५

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार