पहाडी भू-भागमा चट्याङ्गसहित वर्षा, उच्च पहाडी तथा हिमाली भू-भागमा हिमपातको सम्भावना

पहाडी भू-भागमा चट्याङ्गसहित वर्षा, उच्च पहाडी तथा हिमाली भू-भागमा हिमपातको सम्भावना

२०८०, फाल्गुण १० बिहिवार

  • 613
    SHARES

  • पहाडी भू-भागमा चट्याङ्गसहित वर्षा, उच्च पहाडी तथा हिमाली भू-भागमा हिमपातको सम्भावना

    काठमाडौँ । हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको छ। जसको प्रभावले देशभर आंशिकदेखि साधरणतया बदली रहेको छ। 

    आज दिउँसो देशभर आंशिकदेखि साधरणतया बदली रहने छ। कोशी र मधेस प्रदेश लगायत देशको पहाडी भू-भागको थोरै स्थानहरूमा तथा देशका बाँकी भू-भागका एक-दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ। देशका उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ।

    आज राति कोशी, मधेस र बागमती प्रदेश लगायत  देशको पहाडी आंशिक देखि साधरणतया बदली  रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने छ। कोशी र गण्डकी प्रदेशको पहाडी भू-भागका एक-दुई स्थानमा छिटपुट देखि हल्का वर्षाको सम्भावना रहेको छ। देशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ।

    २०८०, फाल्गुण १० बिहिवार०७:१९:४९

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार