कोशी र गण्डकी प्रदेशमा आज पनि वर्षा, उच्च पहाडी तथा हिमाली भू-भागमा हिमपात

कोशी र गण्डकी प्रदेशमा आज पनि वर्षा, उच्च पहाडी तथा हिमाली भू-भागमा हिमपात

२०८०, फाल्गुण ११ शुक्रवार

  • 677
    SHARES

  • कोशी र गण्डकी प्रदेशमा आज पनि वर्षा, उच्च पहाडी तथा हिमाली भू-भागमा हिमपात

    काठमाडौँ । हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको छ । जसको प्रभावले देशभर मौसममा आंशिकदेखि साधरणतया बदली रहेको छ। 

    आज दिउँसो कोशी प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिकदेखि साधरणतया बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने छ। कोशी र गण्डकी प्रदेशको पहाडी भूभागको एक-दुई स्थानमा छिटपुट देखि हल्का वर्षाको सम्भावना रहेको छ। कोशी, बागमती र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ।

    आज राति कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने छ। कोशी, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। 

    २०८०, फाल्गुण ११ शुक्रवार०८:२६:४०

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार