राष्ट्रिय वाणिज्य बैंकको सञ्चालक समितिमा रिसाल र ज्ञवाली नियुक्त

राष्ट्रिय वाणिज्य बैंकको सञ्चालक समितिमा रिसाल र ज्ञवाली नियुक्त

२०८०, फाल्गुण ११ शुक्रवार

  • 725
    SHARES

  • राष्ट्रिय वाणिज्य बैंकको सञ्चालक समितिमा रिसाल र ज्ञवाली नियुक्त

    काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको रिक्त रहेको सञ्चालक समितिको सदस्यहरुमा अर्थ मन्त्रालयका सहसचिव नारायणप्रसाद रिसाल र प्रा.डा. रामप्रसाद ज्ञवाली नियुक्त हुनु भएको छ ।

    सञ्चालक समितिका नवनियुक्त सदस्यहरु रिसाल र ज्ञवालीले बैंक सञ्चालक समितिका अध्यक्ष दिलीपकुमार ढुङ्गाना समक्ष बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ वमोजिम बिहीबार पद तथा गोपनीयताको शपथ लिनु भएको छ ।

    सञ्चालक समितिका नवनियुक्त सदस्यहरु रिसाल र ज्ञवालीले एक कार्यक्रमका बीच बिहीबार नै पदबहाली समेत गनुभएको छ ।

    शपथ ग्रहण कार्यक्रममा राष्ट्रिय वाणिज्य बैंकका सञ्चालकहरु, प्रमुख कार्यकारी अधिकृत, नायब प्रमुख कार्यकारी अधिकृतहरु, उपकार्यकारी अधिकृतहरु र कम्पनी सचिव लगायतको उपस्थिति रहेको थियो ।

    २०८०, फाल्गुण ११ शुक्रवार०७:१७:२७

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार