विश्वकप लिग-२ : नेपाल नेदरल्यान्ड्ससँग अन्तिम खेल खेल्दै 

विश्वकप लिग-२ : नेपाल नेदरल्यान्ड्ससँग अन्तिम खेल खेल्दै 

२०८०, फाल्गुण १३ आइतवार

  • 741
    SHARES

  • विश्वकप लिग-२ : नेपाल नेदरल्यान्ड्ससँग अन्तिम खेल खेल्दै 

    काठमाडौं । विश्वकप लिग-२ अन्तर्गत आफ्नो पहिलो घरेलु सिरिजको अन्तिम त्रिकोणात्मक खेलमा नेपालले आइतबार नेदरल्यान्ड्सको सामना गर्दै छ। त्रिवि क्रिकेट मैदान, कीर्तिपुरमा आज बिहान ९:३० बजे सुरु हुने खेलमा दुबै टोली दोस्रो जितको प्रयासमा हुनेछन्।

    लिग २ को यो संस्करणको पहिलो श्रृंखलाका रूपमा रहेको प्रतियोगितामा बलिया टोलीहरू नामिबिया, नेदरल्यान्ड्स र नेपालले एक अर्काविरुद्ध खेल्दै सिरिजको सुरुवात भएको हो। नामिबियाले सिरिजमा सबै चारै खेल खेल्दै तीन खेलमा जित निकालेर च्याम्पियन बनिसक्दा नेपाल र नेदरल्यान्ड्सले समान १-१ जित निकालेका छन्।

    नेपालले यसअघि नेदरल्याण्ड्स विरुद्धको पहिलो खेलमा ९ विकेटको जित निकालेको थियो। नामिबियासँग भने नेपाल दुवै खेलमा पराजित भएको थियो। त्यस्तै, नेदरल्याण्ड्सले नामिबियासँग एक खेलमा जित निकाल्दा अर्को एक खेलमा पराजित भएको थियो।

    नेपाल र नेदरल्याण्ड्स दुवै आफ्नो पछिल्लो खेलमा नामिबियासँग पराजित भए। नेपाल नामिबियासँग २ विकेटले पराजित भएको थियो। त्यस्तै, नेदरल्यान्ड्स पनि नामिबियासँग २४ रनले पराजित भएको थियो।

    टस जितेर पहिले फिल्डिङ गर्ने टिमले जित्दै आएको भएपनि नामिबियाले उक्त खेलमा टस हारेर पहिले ब्याटिङ गर्दै जित निकाल्दै महत्त्वपूर्ण अंक प्राप्त गर्न सफल भयो।

    नेपाल र नेदरल्याण्ड्सबीच अहिलेसम्म चार एकदिवसीय अन्तर्राष्ट्रिय खेलमा प्रतिस्पर्धा भएको छ। जसमा दुवै टोलीले समान २-२ खेल जितेका छन्। सन् २०२७ मा हुने एकदिवसीय विश्वकप छनोटको प्रारम्भिक आधार मानिएको लिग २ मा कूल ८ टोलीले यो तीन वर्षमा प्रतिस्पर्धा गर्ने छन्।

    २०८०, फाल्गुण १३ आइतवार०८:०७:४५

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार