आज यी तीन प्रदेशमा हल्का हिमपातको सम्भावना

आज यी तीन प्रदेशमा हल्का हिमपातको सम्भावना

२०८०, फाल्गुण १४ सोमवार

  • 661
    SHARES

  • आज यी तीन प्रदेशमा हल्का हिमपातको सम्भावना

    काठमाडौँ । हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ।

    मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा मौसम सफा रहेको छ।

    यस्तै, आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने छ। गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।

    यसैगरी, आज राति देशभर आंशिक बदली रहनुका साथै उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।

    २०८०, फाल्गुण १४ सोमवार०७:४८:२४

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार