वाफ महिला च्याम्पियनसिप : आज नेपाल जोर्डनसँग उपाधिका लागि भिड्दै

वाफ महिला च्याम्पियनसिप : आज नेपाल जोर्डनसँग उपाधिका लागि भिड्दै

२०८०, फाल्गुण १७ बिहिवार

  • 669
    SHARES

  • वाफ महिला च्याम्पियनसिप : आज नेपाल जोर्डनसँग उपाधिका लागि भिड्दै

    काठमाडौं । पश्चिम एशियाली मुलुकहरु रहेको वाफ महिला च्याम्पियनसिपको उपाधिको लागि नेपाल आज जोर्डनसँग भिड्दै छ ।

    फाईनल खेल नेपाली समय अनुसार साउदी अरवको जेद्दाह स्थित किंग अब्दुलाह स्पोर्टस सिटी स्टेडियममा आज रात ९ः४५ बजेदेखि सुरु हुनेछ ।

    समूह ‘बी’ को विजेता बन्दै सेमिफाइनल पुगेको नेपालले समूह ‘ए’ को उपविजेता लेबनानलाई इन्जुरी समयमा २–१ ले पराजित गर्दै फाइनल पुगेको हो भने जोर्डनले प्यालेस्टाइनलाई ५–० ले पराजित गर्दै फाइनलमा स्थान सुरक्षित गरेको हो।

    जोर्डन पाँच पटक विजेता भइसकेको छ । आज खेलमा स्ट्राइकर सावित्रा भण्डारी ‘साम्बा ले वाफ महिला च्याम्पियनसिपको फाइनल खेल गुमाउने भएकी छन् ।

    फ्रान्स क्लबमा आवद्ध रहेकी साम्बाले जोर्डनविरुद्ध फाइनल खेल गुमाउने भएकी हुन् । क्लबसँगको सम्झौताअनुसार खेलाडीलाई फिफा विन्डो मितिहरूमा आयोजित प्रतियोगिता र टूर्नामेंटहरूमा आफ्नो देशको प्रतिनिधित्व गर्न अनुमति दिन्छ ।

    २०८०, फाल्गुण १७ बिहिवार०८:५५:४७

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार