वाफ च्याम्पियनसिप फाइनल : पेनाल्टी सुटआउटमा जोर्डनसँग चुक्यो नेपाल 

वाफ च्याम्पियनसिप फाइनल : पेनाल्टी सुटआउटमा जोर्डनसँग चुक्यो नेपाल 

२०८०, फाल्गुण १८ शुक्रवार

  • 709
    SHARES

  • वाफ च्याम्पियनसिप फाइनल : पेनाल्टी सुटआउटमा जोर्डनसँग चुक्यो नेपाल 

    काठमाडौं । वेस्ट एसियन फुटबल फेडेरेसन (वाफ) महिला च्याम्पियनसिपको आमन्त्रीत टोलीका रुपमा सहभागि भएको नेपाल फाइनलमा जोर्डनसँग पेनाल्टी सुटआउटमा स्तब्ध बनेको छ। पहिलो हाफमा बनाएको अग्रताका बाबजुत निर्धारित समयको खेल २(२ गोलमा सकिएपछि भएको पेनाल्टी सुटआउटमा जोर्डनले ५-३ ले खेल आफ्नो पक्षमा पार्‍यो।

    नेपाल ११ औं पटक एक अर्को फाइनलमा पराजित हुन पुग्यो। वाफ च्याम्पियनसिपमा जोर्डन भने छैटौं पटक च्याम्पियन बन्यो। नेपालकी अमृता जैशीको प्रहार गोलमा परिणत हुन नसक्दा नेपाल पराजित भयो। नेपाल आज आफ्नो स्टार स्ट्राइकर सावित्रा भण्डारी बिना मैदान उत्रिएको थियो। उनको अभावमा पनि नेपाली महिला टोलीले उत्कृष्ट प्रदर्शनका बाबजुत पेनाल्टी सुटआउटमा भने अभागि सावित बन्यो।

    नेपालले खेलमा सविता राना मगरको गोल मार्फत अग्रता लिएको थियो। पहिलो हाफमा नेपालले दबाब बनाएको खेलमा जोर्डनले सिमित अवसरमा गोलको प्रयास गरेपनि सफल भएन। पहिलो हाफको इन्जुरी समयको अन्तिम मिनेटमा राम्रो मौका चुकाउँदा जोर्डनले बराबरीको अवसर गुमायो।

    खेलको २९औं मिनेटमा नेपालले अग्रता बनाएको थियो। पहिलो पटक प्लेइङ ११ मा रहेकी सविताले रेखा पौडेलको पासमा जोर्डनका डिफेन्डरले सहज क्लियर गर्न सक्ने बललाई चुकाउँदा सविताले बक्सको छेउबाट गरेको प्रहार गोलरक्षकले क्लियर गर्ने कुनै अवसर पाएकी थिइनन्।

    तर दोस्रो हाफमा खेलमा फर्किएको जोर्डनले ७४औं मिनेटमा खेल बराबरी ल्याइन। ग्राउन्डको मध्य भागबाट खेलेको लामो पासमा अफसाइड ट्रयाप बिट गर्दै लाना फेरासले जोर्डनलाई बराबरीमा ल्याएकी थिइन।

    त्यसको अर्को मिनेटमा जोर्डन अग्रता लिनबाट चुक्यो। साराह अबु साबाहको बक्स बाहिरबाट लिएको प्रहार क्रसबारमा लागेर फर्कियो। रिबाउन्डमा माएसा जबाहराले बललाई गोल गरेपनि उक्त गोल अफसाइड घोषित भयो।

    तर खेलको ८९औं मिनेटमा जोर्डनले अग्रता लियो। राह अबु साबाहले जबाराहको पासमा नेपालका दुई डिफेन्डरलाई छलाउँदै गरेको प्रहार गोलमा परिणत भएको थियो। यद्यपि इन्ज्युरी समयमा नेपालले पेनाल्टीको अवसर पायो। जबाराहले बक्समा ह्याण्डबल गरेपछि पाएको पेनाल्टीलाई गिता रानाले सदुपयोग गर्दा निर्धारित समयको खेल २-२ को बराबरीमा सकिएको थियो। 

    नेपालका लागि गीता राना, दीपा शाही र हिरा कुमारी भुजेलले गोल गर्दा अमृता जैशीको पेनाल्टी जोर्डनी किपरले बचाइन् । 

    २०८०, फाल्गुण १८ शुक्रवार०७:२०:२४

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार