आज यी प्रदेशमा हुँदैछ वर्षा र हिमपात

आज यी प्रदेशमा हुँदैछ वर्षा र हिमपात

२०८०, फाल्गुण १९ शनिवार

  • 609
    SHARES

  • आज यी प्रदेशमा हुँदैछ वर्षा र हिमपात

    काठमाडौँ । हाल नेपालमा पश्चिमी वायुको प्रभाव रहेको छ। आज सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशमा साधरणतया बदली, बागमती प्रदेश तथा कोशी प्रदेशका पहाडी भू-भागमा आंशिकदेखि साधरणतया बदली र देशका बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने छ। 

    सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेश सहित गण्डकी प्रदेशका पहाडी भू-भागका केही स्थानहरूमा हल्का देखि मध्यम वर्षा, लुम्बिनी प्रदेशसहित गण्डकी प्रदेशका तराई भू-भागका थोरै स्थानहरूमा र देशका बाँकी पहाडी भू-भागका एक-दुई स्थानमा छिटपुटदेखि हल्का वर्षाको सम्भावना रहेको छ।

    सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानहरूमा हल्कादेखि मध्यम हिमपातको तथा बाँकी उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

    २०८०, फाल्गुण १९ शनिवार०७:३३:२८

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार