नेदरल्यान्ड्सलाई हराउँदै नेपाल फाईनलमा 

नेदरल्यान्ड्सलाई हराउँदै नेपाल फाईनलमा 

२०८०, फाल्गुण १९ शनिवार

  • 661
    SHARES

  • नेदरल्यान्ड्सलाई हराउँदै नेपाल फाईनलमा 

    काठमाडौँ । त्रिकोणात्मक टी–२० सिरिजको लिग चरणको अन्तिम खेलमा नेपालले नेदरल्यान्ड्सलाई ६ विकेटले पराजित गरेको छ। नेदरल्यान्ड्सले दिएको १ सय २१ रनको लक्ष्य नेपालले १५.२ ओभरमा ४ विकेट गुमाएर पूरा गर्दै प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ।

    नेपालको जितमा कप्तान रोहित पौडेलले ४६ रनको इनिङ खेल्दा गुल्सन झाले ३८ रन बनाए। त्यस्तै, कुशल भुर्तेलले १२ रन बनाएका थिए। नेदरल्यान्ड्सका लागि भिभियन किंगमाले ३ विकेट लिँदा आर्यन दत्तले १ विकेट लिए।

    जितसँगै नेपाल अङ्क तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। अब लिग चरणको अन्तिम खेलमा नेदरल्यान्ड्स र नामिबिया प्रतिस्पर्धा गर्ने छन्। उक्त खेलमा नामिबियाले नेदरल्यान्ड्सलाई फराकिलो अन्तरले हराए मात्र नामिबिया फाइनल प्रवेश गर्ने छ। यस्तोमा नेदरल्यान्ड्स नेट रनरेटमा नेपाल भन्दा पछि पर्दै फाइनल पुग्न बन्चित हुने छ।

    टियु मैदान कीर्तिपुरमा टस जितेर पहिले ब्याटिङ गरेको नेदरल्यान्ड्स १९.३ ओभरमा अलआउट हुँदै १ सय २० रन बनाएको थियो। उसका लागि म्याक्स ओ’ड्वाडले ३३ रन बनाउनु सर्वाधिक रह्यो। उनीबाहेक स्कट एर्डवार्डले १८ रन बनाउँदा टिम भान डेर गुगटेनले २४ रन बनाए।

    त्यस्तै, रोएलअफ भान डेर मेर्वीले २३ रन बनाएका थिए। नेपालका लागि प्रतिश जिसीले ३ विकेट लिँदा करण केसी र कुशल मल्लले समान २–२ विकेट लिए। त्यस्तै, दिपेन्द्र सिंह ऐरीले १ विकेट लिए।

    त्रिकोणात्मक सिरिजको शीर्ष दुईमा रहने टोली फाइनल प्रवेश गर्ने भएकाले नेपालसँग फाइनल खेल्ने टिमको तय भोली हुने नेदरल्यान्ड्स र नामिबियाबिचको खेलले गर्ने छ। नेपालले लिग चरणको पहिलो खेलमा नामिबियासँग २० रन र दोस्रो खेलमा नेदरल्यान्ड्ससँग २ रनले पराजित भएको थियो। 

    २०८०, फाल्गुण १९ शनिवार०९:३३:२७

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार