महाशिवरात्रीको अवसरमा गंगेश्वर मन्दिरमा शिवमहापुराण कथा बाचन हुँदै

महाशिवरात्रीको अवसरमा गंगेश्वर मन्दिरमा शिवमहापुराण कथा बाचन हुँदै

२०८०, फाल्गुण २० आइतवार

  • 1.8K
    SHARES

  • महाशिवरात्रीको अवसरमा गंगेश्वर मन्दिरमा शिवमहापुराण कथा बाचन हुँदै

    चावहिल । काठमाडौं महानगरपालिका वडा नं ६ बौद्ध, महांकाल, पानीट्यांकी नजिकै रहेको गंगेश्वर शिवपाञ्चायन मन्दिर परिसरमा एकदिवसिय शिवमहापुराण कथा वाचन हुने भएको छ । 

    महाशिवरात्रिको अवसर पारेर फागुन २५ गते आयोजना गरिएको शिवमहापुराणको कथावाचन पण्डित श्री रामकृष्ण आचार्यको मुखारविन्दबाट गरिने मन्दिर व्यवस्थापन समिति अध्यक्ष डा. रमेश न्यौपानेले बताउनुभयो ।

    1.jpg

    महापुराणको कार्यक्रम बिहान ८ बजेबाट शुरु गरि वेद, चण्डी, रुद्री, लाखवत्ती, हवन सम्पन्न गरि साँझ ६ बजे धुनि जगाउने उहाँले बताउनुभयो । त्यसअघि दिउँसो ३ देखि ५ बजेको समय कथाका लागि छुट्याईएको छ । 

    भक्तजनको ईच्छा तथा आकांक्षालाई कदर गर्दै महापुराण आयोजना गरिएको अध्यक्ष न्यौपानेको भनाई छ । यसका लागि करिव ५ लाख भन्दा बढी रकम आवश्यक पर्ने व्यवस्थापन समितिले जनाएको छ । जस अन्तर्गत काठमाडौं महानगरपालिका वडा नं ६ बाट रु ५० हजार रकम स्वीकृत भएको पनि मन्दिर व्यवस्थापन समितिले जनाएको छ।

    55.jpg

    क्षेत्रकै पवित्र प्राकृतिक तथा धार्मिकस्थलको रुपमा विकसित भएको मन्दिर परिसरमै हुन लागेको शिवमहापुराणले सनातन धर्मावलम्वी सबैलाई खुशी तुल्याएको स्थानिय शरद बस्नेतले बताए । 

    33.jpg2.jpg

    २०८०, फाल्गुण २० आइतवार१०:४०:१८
    प्रतिक्रिया
    सम्बन्धित समाचार