सत्ता गठबन्धनको बैठक बस्दै

सत्ता गठबन्धनको बैठक बस्दै

२०८०, फाल्गुण २१ सोमवार

  • 669
    SHARES

  • सत्ता गठबन्धनको बैठक बस्दै

    काठमाडौँ । सत्तारुढ गठबन्धनको बैठक आज बस्दै छ । बैठक बिहान ८ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्नेछ । 

    बैठकमा गठबन्धन दलका शीर्ष नेताहरूको सहभागिता रहने छ । सत्तारुढ गठबन्धनमा रहेका दलहरूका बीचमा छलफलका लागि बैठक बोलाइएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ ।

    बैठकमा मन्त्री हेरफेर र राष्ट्रिय सभा अध्यक्षको विषयमा छलफल हुने जनाइएको छ । राष्ट्रिय सभाको अध्यक्षको निर्वाचन यही फागुन २९ गते हुने कार्यतालिका छ ।

    २०८०, फाल्गुण २१ सोमवार०७:४४:५५

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार