कांग्रेस बैठक माघ १३ गते

कांग्रेस बैठक माघ १३ गते

२०७७, माघ ६ मंगलवार

  • 1.1K
    SHARES

  • कांग्रेस बैठक माघ १३ गते

    माघ ६, काठमाडौँ । 

    नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक यही माघ १३ गते बस्ने भएको छ ।

    यसअघि माघ ६ गतेका लागि निर्धारित केन्द्रीय समिति बैठक पार्टीको देशव्यापी विरोध प्रदर्शनका कारण सो दिन अपराह्न १ बजे तोकिएको कांग्रेस केन्द्रीय कार्यालयका मख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

    बैठकमा मुलुकको समसामयिक राजनीति र पार्टीको १४ औँ महाधिवेशन सम्बन्धमा छलफल हुने बताइएको छ ।

    कांग्रेसले प्रतिनिधिसभा विघटनलगायतविरुद्ध बिहीबार ७५३ पालिकाका छ हजार ७४३ वडामा विरोध प्रदर्शन गर्ने निर्णय गरेको छ ।

    कांग्रेसले  विघटनविरुद्ध यसअघि सबै प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन क्षेत्र तथा पालिकामा विरोध प्रदर्शन गरिसकेको छ । 

    २०७७, माघ ६ मंगलवार०६:३८:३९
    प्रतिक्रिया
    सम्बन्धित समाचार