फागुन ३० गते विश्वासको मत लिँदै प्रधानमन्त्री दाहाल

फागुन ३० गते विश्वासको मत लिँदै प्रधानमन्त्री दाहाल

२०८०, फाल्गुण २६ शनिवार

  • 773
    SHARES

  • फागुन ३० गते विश्वासको मत लिँदै प्रधानमन्त्री दाहाल

    काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले फागुन ३० गते विश्वासको मत लिने तयारी गरेका छन्।

    नेपाली कांग्रेसको साथ छाडेर गत सोमबार नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, जनता समाजवादी पार्टी र नेकपा एकीकृत समाजवादीसँग नयाँ गठबन्धन गरेका प्रधानमन्त्री दाहालले फागुन ३० मा विश्वासको मत लिने तयारी गरेका हुन्। प्रधानमन्त्री दाहालले शनिबार सिंहदरबारमा बसेको पार्टी संसदीय दलको बैठकमा यसबारे जानकारी गराएका हुन्।

    त्यसैगरी बैठकले सरकारले विश्वासको मत लिने दिन अनिवार्य रुपमा प्रतिनिधिसभा बैठकमा उपस्थित हुनका लागि ह्वीप जारी गरेको छ।

    त्यसैगरी राष्ट्रियसभाको अध्यक्ष र उपाध्यक्षको निर्वाचनमा पनि सांसदहरुलाई अनिवार्य उपस्थिति भई आफ्नो पक्षमा मतदान गर्न पनि निर्देशन दिने निर्णय गरेको पार्टीका प्रमुख सचेतक हितराज पाण्डेले बताए।

    राष्ट्रिय सभा अध्यक्षको निर्वाचन फागुन २९ मा गर्ने हालको तयारी छ । 

    २०८०, फाल्गुण २६ शनिवार०७:५९:४५

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार