कुलवंश प्रतिष्ठान वागमती प्रदेश अध्यक्षमा नारायण भट्टराई निर्वाचित

कुलवंश प्रतिष्ठान वागमती प्रदेश अध्यक्षमा नारायण भट्टराई निर्वाचित

२०८०, फाल्गुण २७ आइतवार

  • 1.1K
    SHARES

  • कुलवंश प्रतिष्ठान वागमती प्रदेश अध्यक्षमा नारायण भट्टराई निर्वाचित

    काठमाडौं । भट्टराई कुलवंश प्रतिष्ठान वागमती प्रदेश अध्यक्षमा नारायण प्रसाद भट्टराई निर्वाचित भएका छन् ।

    शनिवार काठमाडौंमा सम्पन्न प्रतिष्ठानको दोस्रो प्रदेश अधिवेशनले नारायण भट्टराईको अध्यक्षतामा ३५ सदस्यीय कार्यसमिति चयन गरेको हो ।

    अध्यक्षका लागि प्रत्यासी रहेका कृष्ण प्रसाद भट्टराईले लामो छलफल र नेतृत्वको आग्रह बमोजिम नारायणलाई समर्थन गरेपछि निवर्तमान अध्यक्ष पुनः दोस्रो कार्यकालका लागि सर्वसम्मत निर्वाचित भएका हुन् । कृष्ण प्रसाद भट्टराई यस अघि उपाध्यक्ष थिए ।

    त्यस्तै, उपाध्यक्षमा कमला भट्टराई, जेपी भट्टराई र सुरज भट्टराई, सचिवमा अजित कुमार भट्टराई, सहसचिवमा अग्नी प्रसाद भट्टराई र कोषाध्यक्षमा खेमराज भट्टराई निर्वाचित भएका छन् ।

    त्यसैगरि सदस्यहरुमा केशव भट्टराई, दिवाकर भट्टराई, जिवन भट्टराई, शेषराज भट्टराई, पुष्प भट्टराई, कृष्ण प्रसाद भट्टराई, नारायण भट्टराई, राजकुमार भट्टराई लगाएतका निर्वाचित भएका निर्वाचन समिति प्रमूख लेखनाथ भट्टराईले बताएका छन् । समितिको कार्यकाल ३ वर्षको हुनेछ । 

    प्रदेशका १३ जिल्लाबाट आएका १७७ प्रतिनिधिका सामु चलेको अधिवेशनमा केन्द्रीय उपाध्यक्ष टिकाराम भट्टराईले प्रमूख आतिथ्यता गरेका थिए भने केन्द्रीय कोषाध्यक्ष मनोज कुमार भट्टराई र वागमती प्रदेश संस्थापक अध्यक्ष एवं केन्द्रीय सदस्य राजेश कुमार भट्टराईले विशेष आतिथ्यता प्रदान गरेका थिए ।

    अधिवेशनमा चितवन अध्यक्ष लिला भट्टराईले आकर्षक मन्तव्य राखेका थिए । चितवन जिल्ला कुलवंश उत्थानका गतिविधिमा अग्रणी जिल्ला मानिन्छ । 

    प्रतिष्ठानको केन्द्रीय महाधिवेशन आगामी चैत्र १६ र १७ गते चितवनको देवघाटमा हुँदैछ । हाल संस्थाको केन्द्रीय अध्यक्षमा शेर वहादुर भट्टराई रहेका छन् भने केन्द्रीय कार्यालय झापाको दमकमा रहेको छ । 

     

    २०८०, फाल्गुण २७ आइतवार०३:३९:४३
    प्रतिक्रिया
    सम्बन्धित समाचार