राष्ट्रियसभा अध्यक्षको निर्वाचन आज, दाहाल र शर्मा विच प्रतिस्पर्धा

राष्ट्रियसभा अध्यक्षको निर्वाचन आज, दाहाल र शर्मा विच प्रतिस्पर्धा

२०८०, फाल्गुण २९ मंगलवार

  • 737
    SHARES

  • राष्ट्रियसभा अध्यक्षको निर्वाचन आज, दाहाल र शर्मा विच प्रतिस्पर्धा

    काठमाडौँ । राष्ट्रियसभा अध्यक्ष पदका लागि आज निर्वाचन हुँदैछ ।

    आज बिहान ११ बजेर ९ मिनेटमा बस्ने गरी बोलाइएको राष्ट्रियसभा बैठकमा अध्यक्षको चयन प्रक्रिया अघि बढ्ने जनाइएको छ ।

    राष्ट्रियसभाको अध्यक्षका लागि सत्तापक्ष र प्रतिपक्ष गरी दुई प्रमुख राजनीतिक दल नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेसका तर्फबाट दुई जना प्रतिस्पर्धामा छन् ।

    आज हुने निर्वाचनमा प्रतिपक्षी कांग्रेसका तर्फबाट युवराज शर्मा र सत्ता गठबन्धनका तर्फबाट माओवादीका नारायणप्रसाद दाहाल चुनावी मैदानमा छन् ।

    कांग्रेसलाई लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले साथ दिएको छ भने दाहाललाई सत्ता गठबन्धनमा रहेका माओवादीसहित एमाले, जसपा र एकीकृत समाजवादीको समर्थन रहेको छ ।

    ५९ सदस्यीय राष्ट्रियसभामा दाहाललाई माओवादीका उपाध्यक्षसहित १८, एमालेका १०, एकीकृत समाजवादीका ८ र जसपाका ३ गरी ३९ सांसदको समर्थन छ ।

    यस्तै, शर्मालाई कांग्रेसका १६, लोसपा र राष्ट्रिय जनमोर्चाका एक(एक गरी १८ सांसदको साथ छ ।

    राष्ट्रियसभामा राष्ट्रपतिबाट मनोनीत बामदेव गौतम कतै खुलेका छैनन् । एक पद भने राष्ट्रपतिबाट मनोनीत हुन बाँकी छ ।

    २०८०, फाल्गुण २९ मंगलवार०८:०४:०१

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार