त्रिकोणात्मक शृङ्खलाको फाइनलमा नेपाल र पपुवा न्युगिनी

त्रिकोणात्मक शृङ्खलाको फाइनलमा नेपाल र पपुवा न्युगिनी

२०८०, फाल्गुण २९ मंगलवार

  • 909
    SHARES

  • त्रिकोणात्मक शृङ्खलाको फाइनलमा नेपाल र पपुवा न्युगिनी

    काठमाडौँ । त्रिकोणात्मक अन्तर्राष्ट्रिय टी–२० शृङ्खलाअन्तर्गत आज भएको दोस्रो खेलमा पपुवा न्युगिनीले हङकङलाई पराजित गर्दै फाइनलमा नेपालसँगको भेट पक्का गरेको छ । आजै भएको पहिलो खेलमा पपुवा न्युगिनीलाई ८५ रनले हराउँदै नेपाल फाइनलमा पुगेको थियो ।

    हङकङको मोङकोकस्थित मिसन रोड क्रिकेट मैदान भएको दोस्रो खेलमा पपुवा न्युगिनीले घरेलु टोली हङकङलाई १० विकेटले पराजित ग¥यो । जितसँगै पपुवा न्युगिनीले दुई खेलमा दुई अङ्क जोड्यो । हङकङ समान खेलबाट एक अङ्कका साथ फाइनल पुग्नबाट बञ्चित भयो ।

    साथै दुई खेल खेलेको नेपालले तीन अङ्क जोड्ेको छ । यसअघि भएको नेपाल र हङकङबीचको पहिलो खेल वर्षाका कारण रद्ध भएको थियो । फाइनल खेल भोलि हुनेछ ।

    हङकङले जितका लागि दिएको एक सय २२ रनको लक्ष्य पपुवा न्युगिनीले १२ दशमलव चार ओभरमा कुनै विकेट नै नगुमाइ पूरा ग¥यो । पपुवा न्युगिनीका लागि सेसे बाउले ४३ बलमा चौका छ चौका र एक छक्काको मद्दतमा अविजित ६१ रनको योगदान दिए । त्यसैगरी टोनी उराले ३३ बलमा पाँच चौका र दुई छक्काको मद्दतले अविजित ५१ रन बनाए ।

    टस हारेर पहिला ब्याटिङको निम्तो पाएको हङकङले १८ दशमलव तीन ओभरमा सबै विकेट गुमाउँदै एक सय २१ रनको योगफल बनाएको थियो । हङकङका लागि जिसन अलीले २९ बलमा छ चौका र एक छक्काको मद्दतले ५५ रन बनाए । नस्रुला राना र एहसान खानले समान १६-१६ रन जोडे भने बाबर हायतले १२ रन बनाए ।

    पपुवा न्युगिनीका काबुआ मोरिया, अली नाओ, कप्तान असाद भाला र सेसे बाउले समान दुई -दुई विकेट लिए ।

    २०८०, फाल्गुण २९ मंगलवार०८:१८:१७

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार