आज देशका उच्च पहाडी तथा हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना

आज देशका उच्च पहाडी तथा हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना

२०८०, फाल्गुण ३० बुधवार

  • 621
    SHARES

  • आज देशका उच्च पहाडी तथा हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना

    काठमाडौँ । हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागको मौसम मुख्यतया सफा रहेको छ ।

    आज दिउँसो देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने छ। देशका उच्च पहाडी तथा हिमाली भूभागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

    आज राति सुदूरपश्चिम र कर्णाली प्रदेशमा आंशिक देखि साधरणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ। कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

    २०८०, फाल्गुण ३० बुधवार०८:००:५९

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार