आज यी तीन स्थानमा वर्षा, लुम्बिनी प्रदेशमा हावाहुरी

आज यी तीन स्थानमा वर्षा, लुम्बिनी प्रदेशमा हावाहुरी

२०८०, चैत्र १ बिहिवार

  • 753
    SHARES

  • आज यी तीन स्थानमा वर्षा, लुम्बिनी प्रदेशमा हावाहुरी

    काठमाडौँ । हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल  कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत देशको पहाडी भूभागमा आंशिक बदली  रहेको छ ।

    आज दिउँसो सुदूरपश्चिम प्रदेशलगायत देशको पहाडी भू-भागमा आंशिकदेखि साधरणतया बदली रहने छ। गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू-भागको एक–दुई स्थानमा छिटपुट देखि हल्का वर्षाको सम्भावना रहेको छ । देशको उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। लुम्बिनी प्रदेशको थोरै स्थानहरूमा हावा–हुरीको समेत सम्भावना रहेको छ।

    आज राति देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने छ। कोशी, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

    २०८०, चैत्र १ बिहिवार०७:४८:१७

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार