मानव विकास सूचकांकमा तीन स्थानमाथि उक्लियो नेपाल 

मानव विकास सूचकांकमा तीन स्थानमाथि उक्लियो नेपाल 

२०८०, चैत्र १ बिहिवार

  • 621
    SHARES

  • मानव विकास सूचकांकमा तीन स्थानमाथि उक्लियो नेपाल 

    काठमाडौँ । संयुक्त राष्ट्र संघीय विकास कार्यक्रमले (युएनडिपी)ले सार्वजनिक गरेको मानव विकास प्रतिवेदनअनुसार नेपाल तीन स्थानमाथि उक्लिएको छ । सन् २०२३/०२४ को प्रतिवेदनअनुसार नेपाल १४६ स्थानमा आइपुगेको हो । सन् २०२१ को प्रतिवेदनमा नेपाल १४९ स्थानमा थियो ।

    युएनडिपीले विश्वव्यापी रूपमा सार्वजनिक मानव विकास प्रतिवेदन २०२३/०२४ ले नेपालले शून्य दशमलव शून्य एकले प्रगति गरेको जनाएको छ ।

    ‘नेपालको मानव विकास सूचकांक मान ०.६०१ छ, जसअनुसार नेपाल मध्यम मानव विकास श्रेणीमा पर्दछ र १९३ वटा देश र भूभागहरूमध्ये १४६ औँ स्थानमा रहेको छ । सन् २०२१ मा नेपाल १४९औँ स्थानमा थियो’ प्रतिवेदनमा उल्लेख छ, ‘सन् २०२१ को तुलनामा नेपालको मानव विकास सूचकांकमा ०.०१० ले प्रगति गरेको छ, जुन विश्वव्यापी औसत ०.००४ भन्दा बढी हो ।

    मध्यम मानव विकास श्रेणी भन्नाले मानव विकास सूचकांकको मान ०.५५० देखि ०.६९९ बीचको श्रेणीलाई जनाउँछ ।

    युएनडिपीले सन् १९९० देखि २०२२ को बीचमा, नेपालको जन्ममा सरदर आयु १५.७ वर्षले, विद्यालय जाने औसत वर्ष ५.४ प्रतिशतले र विद्यालय जाने अपेक्षित वर्ष २.१ वर्षले परिवर्तन भएको जनाएको छ ।

    नेपालको प्रतिव्यक्ति कुल राष्ट्रिय आय (जीएनआई) करिब १६५.७ प्रतिशतले परिवर्तन भयो’ प्रतिवेदनमा उल्लेख छ । -एजेन्सी । 

    २०८०, चैत्र १ बिहिवार०८:४३:२७

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार