माओवादी स्थायी समिति बैठक बस्ने 

माओवादी स्थायी समिति बैठक बस्ने 

२०८०, चैत्र २ शुक्रवार

  • 697
    SHARES

  • माओवादी स्थायी समिति बैठक बस्ने 

    काठमाडौँ । नेकपा माओवादी केन्द्रको स्थायी समितिको बैठक आज बस्ने भएको छ । बैठक शुक्रबार बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा सुरु हुने छ ।

    बैठकमा पदाधिकारी र केन्द्रीय नेताहरूको कार्य विभाजन, पार्टीको विधान, पार्टीले सञ्चालन गर्ने हिमाल–पहाड–तराई अभियानको तयारी लगायतका विभिन्न विषयमा छलफल हुने छ । 

    साथै, आगामी वैशाख १५ गते हुने उपनिर्वाचन, नयाँ सत्ता गठबन्धन बनेपछिको राजनीतिक परिस्थिति लगायतका केही समसामयिक विषयमा पनि छलफल हुने बताइएको छ । 

    यसअघि माओवादीले फागुन २८ गतेलाई बोलाएको स्थायी समिति बैठक स्थगित गरेको थियो ।

    २०८०, चैत्र २ शुक्रवार०८:००:५९

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार