पेट्रोलियम पदार्थको मूल्य घट्यो, पेट्रोलको उच्चतम मूल्य रु १७१

पेट्रोलियम पदार्थको मूल्य घट्यो, पेट्रोलको उच्चतम मूल्य रु १७१

२०८०, चैत्र २ शुक्रवार

  • 777
    SHARES

  • पेट्रोलियम पदार्थको मूल्य घट्यो, पेट्रोलको उच्चतम मूल्य रु १७१

    काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगमले इण्डियन आयल कर्पोरेशनबाट आजै प्राप्त भएको नयाँ मूल्यअनुसार पेट्रोल र डिजेलको मूल्य घटाएको हो ।

    यससँगै अब नयाँ मूल्य पेट्रोलको प्रतिलिटर पहिलो वर्गमा १६८.५०, दोस्रो वर्गमा १७० र तेस्रो वर्गमा १७१ रुपैयाँ पुगेको छ । त्यस्तै डिजेल र मट्टितेलमा प्रतिलिटर पहिलो वर्गमा १५५.५०, दोस्रो १५७, तेस्रो १५८ रुपैयाँ पुगेको छ ।

    घटेको मूल्य आजै रातिदेखि लागू हुने निगमले जानकारी दिएको छ ।

    २०८०, चैत्र २ शुक्रवार१०:०५:०४

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार