आज देशका पहाडी भू–भागमा आंशिक बदली रहने

आज देशका पहाडी भू–भागमा आंशिक बदली रहने

२०८०, चैत्र ३ शनिवार

  • 589
    SHARES

  • आज देशका पहाडी भू–भागमा आंशिक बदली रहने

    काठमाडौँ । देशको पहाडी भू–भागमा आज मौसम आंशिक बदली रहने छ । अन्य भू–भागमा भने मौसम सफा रहेको छ ।

    जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागको मौसम मुख्यतया सफा छ ।

    आज दिउँसो र राति उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको सम्भावना छ । राति देशभर आंशिक बदली रही मौसम मुख्यतया सफा रहने छ ।

    महाशाखाका अनुसार आइतबार कोशी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका केही भू–भागमा हिमपातको सम्भावना छ । सोमबार पनि केही ठाउँमा हिमपातको सम्भावना छ । मुलुकमा हाल पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायुको मिश्रित आंशिक प्रभाव छ ।

    २०८०, चैत्र ३ शनिवार०८:१७:०१

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार