संघीय संसद्का दुवै सदनको बैठक आज

संघीय संसद्का दुवै सदनको बैठक आज

२०८०, चैत्र ४ आइतवार

  • 553
    SHARES

  • संघीय संसद्का दुवै सदनको बैठक आज

    काठमाडौँ । संघीय संसद्का दुवै सदनको बैठक आज बस्दै छ । प्रतिनिधि सभाको बैठक बिहान ११ बजे बस्नेछ । 

    बैठकमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले राष्ट्रिय सभामा उत्पत्ति भएको ‘सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८० माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको छ । 

    आर्थिक वर्ष २०८१-०८२ को लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्तावबाहेक) माथि छलफल जारी रहने संसद् सचिवालयले जनाएको छ । राष्ट्रिय सभाको बैठक दिउँसो १:१५ बजे बस्ने संसद् सचिवालयले जनाएको छ । 

    २०८०, चैत्र ४ आइतवार०७:४०:५१

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार