काठमाडौं । नेपाल भारत मैत्री संघ काठमाडौं जिल्ला शाखाले ह्विल चेयर सहयोग गरेको छ ।
८ मार्च अन्तरराष्ट्रिय महिला दिवसको अवसर पारेर आईतवार काठमाडौंमा सम्पन्न एक कार्यक्रमका विच पक्षघात पिडित विन्दा ठकुरीलाई काठमाडौं शाखाले ह्विल चेयर प्रदान गरेको हो ।

त्यस्तै, संस्थाकी जेष्ठ नागरिक ईश्वरी केसी र अध्ययनको माथिल्लो खुट्किलो पिएचडी गर्न सफल निवर्तमान जिल्ला अध्यक्ष टिका ढकाललाई दोसल्ला ओढाएर कार्यक्रमका प्रमूख अतिथि समेत रहेका केन्द्रीय कार्यवाहक अध्यक्ष शैलेन्द्र मोहन झा, वरिष्ठ उपाध्यक्ष शुष्मा शर्मा र काठमाडौं अध्यक्ष एवं कार्यक्रमकी सभापती जानुका कार्की गिरी लगाएतले संयुक्त रुपमा सम्मान गरेका थिए ।
रचनात्मक कार्यक्रममा अग्रणी देखिँदै आएको यस शाखाले केन्द्रीय कावा अध्यक्ष लगाएतको सहयोगबाट मन्त्रमुग्ध बन्दै आगामी दिनमा नयाँ नयाँ गतिविधि संचालन गरि जिल्ला शाखालाई उत्कृष्ट जिल्ला बनाईने अध्यक्ष गिरीले बताईन् ।

त्यसैगरि, पुर्व अध्यक्ष तथा अग्रज व्यक्तित्व रमेश घिमिरे र शान्ता नराललाई सल्लाहकारको नियुक्तिपत्र पनि कार्यक्रमका दौरानमा प्रदान गरिएको थियो ।
कार्यक्रममा पुर्व अध्यक्ष तथा केन्द्रीय सदस्यहरु माधव तिमल्सिना, कमला ढुंगेल, देवी सुवेदी लगाएत करिव ५० जनाको उपस्थिति रहेको थियो ।


