आजको मौसम : कोशी, मधेस र बागमती प्रदेशमा पानी पर्ने

आजको मौसम : कोशी, मधेस र बागमती प्रदेशमा पानी पर्ने

२०८०, चैत्र ७ बुधवार

  • 709
    SHARES

  • आजको मौसम : कोशी, मधेस र बागमती प्रदेशमा पानी पर्ने

    काठमाडौँ । हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ ।

    कोशी, मधेस र बागमती प्रदेशका थोरै स्थानका साथै अन्य प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित सामान्य वर्षा हुने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

    आज देशभर आंशिकदेखि साधारणतया बदली रहनुका साथै कोशी, मधेस प्रदेशका केही स्थानमा मेघगर्ज र चट्याङसहित हल्का वर्षा हुनेछ ।

    कोशी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपात भइरहेको महाशाखाले जनाएको छ । राजधानी काठमाडौँ उपत्यकामा बिहानैदेखि बदली रहेको छ ।

    आज राति कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशसहित देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहनेछ ।

    काठमाडौं उपत्यकामा साँढे नौ पश्चात सिमसिम पानी परिरहेको महाशाखाले जनाएको छ । 

    २०८०, चैत्र ७ बुधवार१०:२१:१५

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार