काठमाडौं । सामाजिक क्षेत्रको गतिशिल संस्था आमा अभियान नेपालले ७ दिने उद्घोषण प्रशिक्षण संचालन गरेको छ ।
काठमाडौं महानगरपालिका वडा नं ३१ सँगको सहकार्यमा यहि चैत्र १ गते देखि ८ गतेसम्म वडा कार्यालयको भवनमा आमा अभियानले प्रशिक्षण संचालन गरेको हो ।

एक हप्ताको आधारभूत तहको प्रशिक्षणमा ३० जना स्वयंसेवी महिलाहरुले सहभागिता जनाएका थिए । ८ गते समापन गरिएको कार्यक्रममा वडाध्यक्ष सरोज ढकाल, सदस्यहरु सान्नानी मिजार र अशोक केसीले आतिथ्यता प्रदान गरेका थिए ।
त्यस्तै, अभियानका संस्थापक एवं पदाधिकारीहरु सरस्वती दाहाल, हिरादेवी तिम्सिना, सुमित्रा मैनाली, कमला अधिकारी लगायतको उपस्थिति रहेको थियो ।

प्रशिक्षक सुशिला गुरागाईँको प्रशिक्षण कलाबाट आफुहरु मन्त्रमुग्ध बनेको प्रशिक्षार्थीहरु संगिता बस्नेत, गोपिनी गिरी लगायतले समापनका क्रममा बताए ।
लक्षित समूहमा संचालित कार्यक्रम अत्यन्तै प्रभावकारी बनेकामा आफुलाई अधिक सन्तुष्ट बनाएको वडाध्यक्ष ढकालले बताए र भने "समाजमा यस्तै आकर्षक र उत्साह जगाउने कार्यक्रमको खाँचो छ । "
