भारतीय प्रधानमन्त्री मोदी दुई दिने भ्रमणका लागि भुटान प्रस्थान

भारतीय प्रधानमन्त्री मोदी दुई दिने भ्रमणका लागि भुटान प्रस्थान

२०८०, चैत्र ९ शुक्रवार

  • 709
    SHARES

  • भारतीय प्रधानमन्त्री मोदी दुई दिने भ्रमणका लागि भुटान प्रस्थान

    नयाँदिल्ली । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी भुटानको दुई दिने राजकीय भ्रमणका लागि शुक्रबार त्यसतर्फ प्रस्थान गर्नुभएको छ ।

    भ्रमणको क्रममा प्रधानमन्त्री मोदीले भुटानका राजा जिग्मे खेसर नामग्याल वाङचुक र उहाँका समकक्षी छिरिङ तोब्गेसँग भेटवार्ता गर्ने भारतीय विदेश मन्त्रालयले जनाएको छ ।

    दुई पक्षबीच आपसी हितका क्षेत्रहरूमा केही समझदारी पत्रमा हस्ताक्षर हुने अपेक्षा गरिएको छ ।

    भुटानको भ्रमणमा जानुअघि प्रधानमन्त्री मोदीले सामाजिक सञ्जाल एक्स (ट्विटर) मा भारत–भुटान साझेदारीलाई अझ सुदृढ पार्ने उद्देश्यले विभिन्न कार्यक्रममा सहभागी हुने सार्वजनिक गर्नुभएको छ ।

    भुटानको पारो अन्तर्राष्ट्रिय विमानस्थलमा खराब मौसमका कारण प्रधानमन्त्री मोदीको बिहीबारका लागि तय भएको भ्रमण एक दिन ढिलो भएको हो । -एजेन्सी । 

    २०८०, चैत्र ९ शुक्रवार०५:०३:०९

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार