ललितपुर । होली खेल्ने क्रममा ललितपुरमा ग्यांग फाईट भएको छ ।
राति नौ बजेको समयमा ललितपुर महानगरपालिका–२६ ढोलाहिटीमा दुई समूहबीच झडप हुँदा दुईजनाको ज्यान गएको जिल्ला प्रहरी परिसर ललितपुरले जनाएको छ ।
मृत्यु हुनेमा सुनसरी जिल्लाको धरान घर भई हाल ढोलहिटी बस्ने २८ वर्षीय रोवस राई र पाँचथर जिल्ला घर भई हाल खुमलटार बस्ने ३० वर्षीय पुजन राई रहेको ललितपुर प्रहरीले बतायो ।
शव पाटन र सुमेरु अस्पतालमा राखिएको छ । घटनामा संलग्न भएको आशङ्कामा प्रहरीले गए राति नै १८ जनालाई नियन्त्रणमा लिएको छ ।