तराई क्षेत्रमा आज होली पर्व मनाइँदै, सार्वजनिक बिदा

तराई क्षेत्रमा आज होली पर्व मनाइँदै, सार्वजनिक बिदा

२०८०, चैत्र १२ सोमवार

  • 769
    SHARES

  • तराई क्षेत्रमा आज होली पर्व मनाइँदै, सार्वजनिक बिदा

    काठमाडौँ । तराईका विभिन्न जिल्लाहरूमा सोमबार धुमधामका साथ होली पर्व मनाइँदै छ ।

    आइतबार पहाडी क्षेत्रमा मनाइएको होली पर्व आज सोमबार भने तराई तथा मधेसका जिल्लाहरूमा मनाउन लागिएको हो ।

    पूर्णिमाको दिन होलीका दहन गरेपछि भोलिपल्ट रङ्ग खेलेर होली मनाउने परम्परा अनुसार तराईका जिल्लामा विशेष रुपमा आज फागु पर्व मनाईँदैछ ।

    रङ्गहरूको पर्व होलीलाई मित्रता, आत्मियता, सामप्य र सद्भाव दर्शाउने पर्वको रुपमा पनि लिने गरिएकाले साथीसङ्गी, आफन्तहरू जम्मा भएर होली खेल्ने गरिन्छ ।

    वसन्त ऋतुको आगमनको सुरुवातमा पर्ने फागु पर्व एकआपसमा खुसियाली प्रकट गर्न सामूहिक रुपमा भेला भएर एक अर्कामा रङ दलेर मनाउने गरिन्छ ।

    होलीमा प्रयोग गरिने रङहरूको आ-आफ्नै महत्त्व रहेको छ । नीलो रङ्गलाई धर्मयुद्धको प्रतीक मानिन्छ । पहेँलो रङ्ग भगवान विष्णु र श्रीकृष्णको प्रिय रङ्ग हो । भगवान गणेशलाई सबै रङ्ग मन पर्ने तथा रातो रङलाई शक्ति र सौभाग्यको सूचक मानिन्छ ।

    हिन्दू धार्मिक कथनअनुसार युवावस्थाका कृष्णले एक दिन झुक्याएर राधाको मुहारमा रङ्ग दलिदिएछन् । रङ्ग लगाउँदा भागदौड भएछ । यो गतिविधि सबैले रमाइलो मान्न थालेर होलीपर्व मनाउन थालिएको किंवदन्ती छ । अर्को जनश्रुति विष्णुका भक्त प्रह्लादसँग पनि जोडिएको छ । सत्यको विजय र असत्यको नाश भएको उत्सवका रूपमा होलीपर्व मनाइने गरिएको मानिन्छ ।

    होलीको अवसरमा सरकारले आज तराईका जिल्लामा सार्वजनिक बिदा दिएको छ ।

    २०८०, चैत्र १२ सोमवार०९:०५:०१

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार