एसइई परीक्षा आजदेखि, ५ लाखभन्दा बढी परीक्षार्थी

एसइई परीक्षा आजदेखि, ५ लाखभन्दा बढी परीक्षार्थी

२०८०, चैत्र १५ बिहिवार

  • 789
    SHARES

  • एसइई परीक्षा आजदेखि, ५ लाखभन्दा बढी परीक्षार्थी

    काठमाडौँ । माध्यमिक शिक्षा परीक्षा (एसइई) आज बिहीबारदेखि सुरु हुँदैछ ।

    आज चैत १५ देखि २७ गतेसम्म सञ्चालन हुने यस वर्षको एसइई परीक्षामा देशभरका गरी ५ लाखभन्दाबढी परीक्षार्थी सहभागी हुँदैछन् ।

    जसमा सामुदायिक तथा संस्थागत गरी १० हजार आठ सय छ विद्यालयका दुई लाख ५० हजार सात सय ७२ छात्रा, दुई लाख ५३ हजार छ सय २७ छात्र र अन्य १५ जना गरी कूल पाँच लाख चार हजार चार सय १४ परीक्षार्थी सहभागी हुने कक्षा १० परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ । 

    जसअनुसार कूल परीक्षार्थीमध्ये पाँच सय छ विद्यालयका १५ हजार सात सय ४९ जना परीक्षार्थी प्राविधिक धारतर्फका छन् ।

    परीक्षाका लागि दुई हजार ६४ परीक्षा केन्द्र निर्धारण गरिएका छन् । सबैभन्दा कम मनाङ, मुस्ताङमा एकरएक र सबैभन्दा बढी काठमाडौँमा एक सय २७ परीक्षा केन्द्र निर्धारण गरिएको छ

    परीक्षा चैत २७ गते सम्पन्न हुनेछ ।

    यस वर्षको एसइई परीक्षामा जापानबाट २३ जना विद्यार्थी सहभागी हुने भएका छन् । जापानमा रहेको एभरेष्ट स्कूलमा एक परीक्षा केन्द्रबाट १५ छात्रा र आठ छात्र गरी २३ विद्यार्थीले परीक्षा दिने भएका छन्।

    २०८०, चैत्र १५ बिहिवार०८:४६:०५

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार