आज यी प्रदेशमा चट्याङ्गसहित वर्षा, उच्च पहाडी तथा हिमाली भू-भागमा हल्का हिमपात

आज यी प्रदेशमा चट्याङ्गसहित वर्षा, उच्च पहाडी तथा हिमाली भू-भागमा हल्का हिमपात

२०८०, चैत्र १५ बिहिवार

  • 653
    SHARES

  • आज यी प्रदेशमा चट्याङ्गसहित वर्षा, उच्च पहाडी तथा हिमाली भू-भागमा हल्का हिमपात

    काठमाडौँ । हाल नेपालमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ । जसको प्रभावले देशका पहाडी भू-भागमा आंशिकदेखि साधरणतया बदली रहेको छ । कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू-भागको थोरै स्थानहरूमा हल्का वर्षा भइरहेको छ ।

    आज दिउँसो  देशका पहाडी भू-भागमा आंशिक देखि साधरणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली रहने छ। कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरूमा तथा बाँकी पहाडी भू-भागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ। कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

    आज राति कोशी प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिकदेखि साधरणतया बदली रहने छ । कोशी, बागमती र गण्डकी प्रदेशका थोरै तथा बाँकी पहाडी भू-भागका एक दुई स्थानमा चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ। देशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

    २०८०, चैत्र १५ बिहिवार०८:५८:४२

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार