कुवेतमा सरकार विघटन, राजाद्धारा राजीनामा स्वीकृत

कुवेतमा सरकार विघटन, राजाद्धारा राजीनामा स्वीकृत

२०७७, माघ ६ मंगलवार

  • 985
    SHARES

  • कुवेतमा सरकार विघटन, राजाद्धारा राजीनामा स्वीकृत

    माघ ६, कुवेत सिटी । 


    कुवेतको सोमबार सरकार विघटन भएको छ । प्रधानमन्त्री शेख सबाह खालेद अल हमद अल सबाहले राजीनामा दिएका छन् ।  

    प्रधानमन्त्रीको राजीनामा राजा शेख सवाफ अल अहमद हल जबर अल सबाहले सोमबार स्वीकृत गरेका छन् । प्रधानमन्त्री सबाहले यही जनवरी ३१ मा कुवेती राजा समक्ष राजीनामा चढाउनु भएका हुन् ।  

    तत्कालै अर्को मन्त्रीपरिषद् गठन गर्ने तयारी भइरहेको राजदरबारका अधिकारीहरूले जानकारी दिएका छन् ।

    देशको राष्ट्रिय सभा र मन्त्रीपरिषद्का बीचमा सम्वन्ध विग्रिएकाले राजीनामा दिन लागेको प्रधानमन्त्रीले मन्त्रीपरिषद् बैठकमा जानकारी दिएका थिए ।  

    उनले उपप्रधानमन्त्री र मन्त्रीहरुलाई राजनीतिक अवस्थाका बारेमा व्याख्या गर्दै आफुहरु अव विदा हुनुपर्ने अवस्थामा रहेको संकेत गरेका थिए ।   

    उनले सन् २०२० डिसेम्बर १४ देखि कुवेती सरकारको नेतृत्व गरेका थिए । एजेन्सी ।  

    २०७७, माघ ६ मंगलवार०७:२८:१९
    प्रतिक्रिया
    सम्बन्धित समाचार