मौसम: भोलिसम्म बदली, आइतबारदेखि सुधार हुने

मौसम: भोलिसम्म बदली, आइतबारदेखि सुधार हुने

२०८०, चैत्र १६ शुक्रवार

  • 585
    SHARES

  • मौसम: भोलिसम्म बदली, आइतबारदेखि सुधार हुने

    काठमाडौ। केही दिनदेखी हल्का वर्षासहित मौसममा भइरहेको बदली भोलि शनिबारसम्म जारी रहने र आइतबारदेखि क्रमशः सुधार हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । न्यून चापीय वायुको प्रभाव आइतबारदेखि कमजोर भई मौसममा सुधार हुने महाशाखाको पूर्वानुमान छ ।

    महाशाखाका मौसमविद् राजु प्रधानाङ्गले स्थानीय वायुको प्रभाव, नेपाल नजिकै रहेको न्यून चापीय वायुको प्रभाव, बङ्गालको खाडीबाट आएको वाफयुक्त वायु नेपालतिर आएको कारणले विशेष गरी मुलुकको पूर्वी क्षेत्रमा प्रि-मनसुन सक्रिय भएको बताए । “हाल देशभर आंशिकदेखि सामान्य बदली रहेको छ । बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागका एक/दुई स्थानमा हल्का वर्षा भइरहेको छ”, उनले भने, “भोलिसम्म मौसम बदली भइरहन्छ भने आइतबारदेखि सुधार हुनेछ ।”

    महाशाखाका अनुसार आगामी २४ घण्टामा कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भागका केही स्थानमा मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

    देशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना भएकाले त्यस क्षेत्रमा दैनिक जनजीवनलगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्ने सम्भावना रहेकाले सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

     

    २०८०, चैत्र १६ शुक्रवार११:३८:२७

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार