नक्कली बिल र स्टिकरको अनुगमन गरी एक्सन लिनू : प्रधानमन्त्री

नक्कली बिल र स्टिकरको अनुगमन गरी एक्सन लिनू : प्रधानमन्त्री

२०८०, चैत्र १८ आइतवार

  • 661
    SHARES

  • नक्कली बिल र स्टिकरको अनुगमन गरी एक्सन लिनू : प्रधानमन्त्री

    काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजस्व चुहावट रोक्दै अर्थतन्त्र सुदृढ गर्न नक्कली बिल जारी गर्ने र नक्कली स्टिकरको प्रयोग भइरहेको स्थितिबारे गम्भीरतापूर्वक अनुगमन गरी नियन्त्रणका लागि आवश्यक कदम चाल्न निर्देशन दिनुभएको छ ।

    प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा आज (आइतबार) आयोजित राजस्व वृद्वि तथा चुहावट नियन्त्रणसम्बन्धी बैठकमा प्रधानमन्त्री कार्यालय, गृह मन्त्रालय र अर्थ मन्त्रालयका अधिकारीलाई प्रधानमन्त्री दाहालले उक्त निर्देशन दिएका हुन्।

    बैठकमा प्रधानमन्त्री दाहालले भने, ‘राजस्व चुहावट र अवैध व्यापारिक कारोबारमा हुने ‘सेटिङ’ भत्काउने कार्यलाई प्राथमिकता दिनुहोस्, झुटा तथा नक्कली बिल बीजक र स्टिकरको प्रयोग भइरहेको सूचना आएको छ। त्यसको अनुगमन गर्नुस् र एक्सन लिनुस्।’

    प्रधानमन्त्री दाहालले नयाँ गतिका साथ काम गर्ने अठोट लिएर सरकार पुनर्गठन गरिएको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले  सोही अनुरूप क्रियाशील हुन निर्देशन दिए।

    बैठकमा उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछाने, अर्थमन्त्री वर्षमान पुन, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठ, मुख्यसचिव डा. बैकुण्ठ अर्याल, अर्थसचिव डा. कृष्णहरि पुस्कर, राजस्व सचिव डा. रामप्रसाद घिमिरे, गृहसचिव एकनारायण अर्याल, प्रधानमन्त्री कार्यालयका सचिवहरू, प्रहरी महानिरीक्षक वसन्त कुँवर, सशस्त्र प्रहरी बलका महानिरीक्षक राजु अर्याल तथा अर्थ मन्त्रालय मातहतका महानिर्देशकहरूको उपस्थिति थियो। रासस

    २०८०, चैत्र १८ आइतवार०८:३३:३५

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार