काँग्रेसले उपनिर्वाचनको उम्मेदवार टुङ्गो लगाउन सकेन

काँग्रेसले उपनिर्वाचनको उम्मेदवार टुङ्गो लगाउन सकेन

२०८०, चैत्र २१ बुधवार

  • 1.0K
    SHARES

  • काँग्रेसले उपनिर्वाचनको उम्मेदवार टुङ्गो लगाउन सकेन

    काठमाडौँ । नेपाली काँग्रेसले उपनिर्वाचनको लागि पार्टीको उम्मेदवार टुङ्गो लगाउन सकेको छैन ।

    आगामी वैशाख १५ गते इलाम क्षेत्र नं २ र बझाङ क्षेत्र नं १ प्रदेश ‘क’ मा हुन लागेको उपनिर्वाचनमा पार्टीका तर्फबाट उठाउने उम्मेदवारका बारेमा छलफल गर्न मंगलबार बैठक बसेपनि उम्मेदवार चयन गर्न नसकेको हो ।

    पार्टीका सूचना, सञ्चार तथा प्रचार विभागका प्रमुख मीनबहादुर विश्वकर्माले उपनिर्वाचनका लागि पार्टीको संसदीय बोर्ड र केन्द्रीय कार्यसम्पादन समितिको बैठक बसे पनि उम्मेदवार टुङ्गो लगाउन नसकिएको राससलाई जानकारी दिनुभयो ।

    “मंगलबार उम्मेदवारको विषयमा गहन छलफल भयो, उपनिर्वाचनका लागि पार्टीबाट सिफारिस भएर केन्द्रमा आएका आकांक्षीबीच आज छलफल गरेर उम्मेदवार टुङ्गो लगाउने कुरा भएको छ”, विश्वकर्माले भन्नुभयो ।

    उम्मेदवार टुङ्गो लगाउन आज दिउँसो २ बजे पुनः केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्ने निर्णय भएको विश्वकर्माले जानकारी दिनुभयो । उपनिर्वाचनमा पार्टीका तर्फबाट उठाउने उम्मेद्वारका बारेमा छलफल गर्न सोमबार साँझ पनि काँग्रेसका पदाधिकारी, पूर्वपदाधिकारी एवं शीर्ष नेताहरुको छलफल भएको थियो ।

    वैशाख १५ गते हुने उपनिर्वाचनका लागि निर्वाचन आयोगले चैत २४ गते उम्मेद्वार मनोनयनपत्र दर्ताको समय तोकेको छ । नेपाल कम्युनिष्ट पार्टी (एमाले), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लगायतले पार्टीको उम्मेदवार तय गरिसकेका छन् ।

    २०८०, चैत्र २१ बुधवार०७:५०:१४

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार