संघीय संसद्का दुवै सदनको बैठक आज, निजामती सेवा विधेयक प्रस्ताव हुँदै

संघीय संसद्का दुवै सदनको बैठक आज, निजामती सेवा विधेयक प्रस्ताव हुँदै

२०८०, चैत्र २१ बुधवार

  • 717
    SHARES

  • संघीय संसद्का दुवै सदनको बैठक आज, निजामती सेवा विधेयक प्रस्ताव हुँदै

    काठमाडौँ । संघीय संसद्का दुवै सदनको बैठक आज बस्दै छ । प्रतिनिधि सभाको बैठक बिहान ११ बजे र राष्ट्रिय सभाको बैठक दिउँसो १ः१५ बजे बस्नेछ । 

    प्रतिनिधि सभाको बैठकमा सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री भानुभक्त जोशीले सङ्घीय निजामती सेवा विधेयक, २०८० माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ । 

    यस्तै, कृषि तथा पशुपंक्षी विकास मन्त्री ज्वालाकुमारी साहले कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको प्रतिवेदन सहितको राष्ट्रियसभामा उत्पत्ति भएको खाद्य स्वच्छता तथा गुणस्तर विधेयक, २०७७ छलफल र पारितका लागि प्रस्ताव गर्ने कार्यसूची छ । 

    २०८०, चैत्र २१ बुधवार०७:५८:३५

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार