उपनिर्वाचन उम्मेदवारको अन्तिम नामावली प्रकाशन आज, चुनाव चिह्न पनि आजै प्रदान

उपनिर्वाचन उम्मेदवारको अन्तिम नामावली प्रकाशन आज, चुनाव चिह्न पनि आजै प्रदान

२०८०, चैत्र २७ मंगलवार

  • 637
    SHARES

  • उपनिर्वाचन उम्मेदवारको अन्तिम नामावली प्रकाशन आज, चुनाव चिह्न पनि आजै प्रदान

    काठमाडौँ । निर्वाचन आयोगले उपनिर्वाचनअन्तर्गत आज उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने तयारी गरेको छ । आज बिहान ९ देखि दिउँसो १ बजेसम्म उम्मेदवारी फिर्ताको समय दिइएको आयोगले जनाएको छ ।

    आयोगले आज दिउँसो ३ बजेसम्म उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरी ५ बजेसम्ममा उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्ने छ ।

    आगामी वैशाख १५ गते रिक्त रहेको इलाम २ र बझाङ -१ (१)मा उपनिर्वाचन हुन लागेको हो । उपनिर्वाचनका लागि इलाम-२ मा २० जना र बझाङ- १ (१)मा १२ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।

    २०८०, चैत्र २७ मंगलवार०७:५८:५५

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार