सानिमा बैंक र दराज बिच “नव बर्ष उत्सव - २०८१” का अवसरमा सहकार्य  

सानिमा बैंक र दराज बिच “नव बर्ष उत्सव - २०८१” का अवसरमा सहकार्य  

२०८०, चैत्र २८ बुधवार

  • 1.1K
    SHARES

  • सानिमा बैंक र दराज बिच “नव बर्ष उत्सव - २०८१” का अवसरमा सहकार्य  

    काठमाडौं । सानिमा बैंक र दराज बिच 'नव बर्ष उत्सव - २०८१' योजना अन्तर्गत आफ्ना ग्राहकहरुलाई विशेष छुट दिने सम्झौतामा हस्ताक्षर भएको छ । 

    उक्त योजना अवधिभर ग्राहकहरुले दराजबाट सामान खरिद गरी सानिमा बैंकको डेबिट तथा क्रेडिट कार्डबाट अग्रीम भुक्तानी गर्दा विशेष छुट प्राप्त गर्न सक्नेछन् ।

    ग्राहकहरुले डेबिट कार्डबाट भुक्तानी गर्दा १०% वा अधिकतम् रु ५००/- सम्म तथा क्रेडिट कार्डबाट भुक्तानी गर्दा १५% वा अधिकतम् रु ७५०/- सम्मको छुट प्राप्त गर्न सक्नेछन् । योजना अवधिभर सहभागी हुने ग्राहकहरुलाई 'पहिलोलाई प्राथमिकता' को आधारमा छुट प्रदान गरिनेछ ।

    छुटका लागि ग्राहकहरूले दराजको Online Platform बाट बैंक भौचर सङ्कलन गर्नुपर्नेछ । यसैगरी क्रेडिट कार्ड प्रयोगकर्ताहरुले मासिक किस्ताबन्दी (EMI) सुविधा पनि प्राप्त गर्न सक्नेछन् । 
    । 
    यो योजना बैशाख ६ गतेसम्म मात्र लागू हुनेछ । 

    सानिमा बैंकको देशका सातै प्रदेशमा १३३ वटा कार्यालय तथा १२४ वटा ए.टि.एम. संचालनमा रहेका छन् । साथै, सानिमा बैंकको डेबिट तथा क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ्ग एप प्रयोग गर्दा विभिन्न अस्पताल, सपिङ्ग आउटलेट, होटेल, रेष्टुरेन्ट आदिमा विशेष छुटको व्यवस्था रहेको छ ।

    २०८०, चैत्र २८ बुधवार०८:४७:३०
    प्रतिक्रिया
    सम्बन्धित समाचार