एसीसी प्रिमियर कप : आज नेपाल र मलेसिया भिड्दै

एसीसी प्रिमियर कप : आज नेपाल र मलेसिया भिड्दै

२०८०, चैत्र ३० शुक्रवार

  • 705
    SHARES

  • एसीसी प्रिमियर कप : आज नेपाल र मलेसिया भिड्दै

    काठमाडौँ । एसीसी पुरुष प्रिमियर कप क्रिकेट प्रतियोगिताको दोस्रो संस्करण आजदेखि ओमानमा सुरु हुँदैछ । प्रतियोगिताको पहिलो दिन नेपालले मलेसियासँग खेल्दैछ । आजै अर्को खेल कतार र हङङबिच हुनेछ ।

    वैशाख ९ गतेसम्म सञ्चालन हुने प्रिमियर कपको दोस्रो संस्करणमा १० टोली सहभागी छन् । प्रिमियर कपको पहिलो संस्करणको उपाधि नेपालले जितेको थियो । गत वर्ष घरेलु मैदानमा फाइनलमा नेपालले यूएईलाई सात विकेटले हराएको थियो ।

    नेपाली टोली भारतमा त्रिकोणात्मक शृङ्खला खेलेर उतैबाट ओमान प्रस्थान गरेको छ । भारत भ्रमणका क्रममा नेपाली टोलीले त्यहाँको राज्यस्तरीय क्लब गुजरात र बरोडासँग त्रिकोणात्मक टी–२० शृङ्खला खेलेको थियो । शृङ्खलाको उपाधि नेपालले जितेको थियो ।

    एसिया कपमा भारत, पाकिस्तान, श्रीलङ्का, बंगलादेश र अफगानिस्तानले सहभागिता जनाउँदै छन् । सन् २०२३ को एसिया कपमा नेपाल समूह ‘ए’ मा परेको थियो । नेपालको समूहमा विश्व क्रिकेटका दुई प्रतिद्वन्द्वी भारत र पाकिस्तान पनि थिए ।

    एसीसी प्रिमियर कपको आगामी संस्करण नेपालका महत्त्वपूर्ण छ । एसीसी प्रिमियर कपको आगामी संस्करणले यसै वर्षको जुनमा अमेरिका र वेस्ट इन्डियामा आयोजना हुने आईसीसी टी–२० विश्वकपको तयारीलाई पनि सहयोग पुर्‍याउने छ ।

    यसपटक एसीसी प्रिमियर कपमा सहभागी हुने अर्को एक राष्ट्र ओमानले पनि टी–२० विश्वकपमा सहभागिता जनाउँदै छ ।

    नेपालसहित आठ राष्ट्र एसोसिएट्स सदस्य राष्ट्रहरूको आईसीसी वरीयताका आधारमा प्रतियोगितामा छनोट भएका हुन् । बाँकी दुई राष्ट्र साउदी अरेबिया र कम्बोडिया भने एसीसी पुरुष च्यालेन्जर कपबाट एसीसी प्रिमियर कपमा छनोट भएका हुन् ।

    यसपटक एसीसी प्रिमियर कपमा नेपालसँगै हङ्कङ, मलेसिया, साउदी अरेबिया र कतार समूह ‘ए’ मा परेका छन् ।

    प्रतियोगिताको समूह ‘बी’मा बहराइन, कम्बोडिया, कुवेत, आयोजक ओमान र संयुक्त अरब इमिरेट्स (यूएई) रहेका छन् । प्रतियोगितामा नेपालले आफ्नो पहिलो खेल शुक्रबार मलेसियासँग खेल्नेछ ।

    शनिबार नेपालले आफ्नो दोस्रो खेल कतारसँग खेल्नेछ । अप्रिल १५ तारिखमा नेपालले आफ्नो तेस्रो खेल हङ्कङसँग खेल्नेछ । नेपालले समूहगत चरणको अन्तिम खेल अप्रिल १७ तारिखमा साउदी अरेबियासँग खेल्नेछ ।

    प्रतियोगिताका लागि घोषित नेपाली टोलीमा रोहितकुमार पौडेल (कप्तान), आसिफ शेख, कुशल भुर्तेल, कुशल मल्ल, विवेक यादव, सन्दीप जोरा, अनिल साह, गुलसन झा, दीपेन्द्रसिंह ऐरी, ललित राजवंशी, करण केसी, सोमपाल कामी, प्रतिस जिसी र अविनाष बोहरा रहेका छन् । 

    २०८०, चैत्र ३० शुक्रवार०७:५५:२३

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार