तेमाल जात्राको तयारी पूरा, बौद्धनाथ परिसरमा भोलि मनाईदै 

तेमाल जात्राको तयारी पूरा, बौद्धनाथ परिसरमा भोलि मनाईदै 

२०८१, बैशाख ९ आइतवार

  • 845
    SHARES

  • तेमाल जात्राको तयारी पूरा, बौद्धनाथ परिसरमा भोलि मनाईदै 

    काठमाडौँ । यही वैशाख १० गते बौद्ध क्षेत्रमा मनाउन लागिएको बौद्ध तेमाल जात्राको तयारी पूरा भएको छ ।

    बौद्ध तामाङ कल्याण गुठीको संयोजन र बौद्धनाथ क्षेत्र विकास समितिको आयोजनामा हुन लागेको जात्राको आवश्यक तयारी पूरा भएको आज यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

    प्रत्येक वर्षको चैत पूर्णिमाको अघिल्लो दिन मनाइने यो जात्रा यस वर्ष यही वैशाख १० गते मनाउन लागिएको हो । जात्रा सम्पन्न गर्नका लागि विभिन्न उपसमितिहरु गठन गरिएको छ ।

    काभ्रेपलाञ्चोकस्थित तेमाल क्षेत्रका तामाङहरु आफ्ना दिवङ्गहरुको आत्माको चीर शान्तिको कामना गर्दै बौद्ध महाचैत्यमा पूजाआज गर्ने, दीप प्रज्वलन गर्ने भएकाले यस जात्राको नाम तेमाल जात्रा रहन गएको हो ।

    जात्रामा काभ्रेपलाञ्चोकलगायत विभिन्न स्थानमा बसोबास गर्ने तेमालहरुको उपस्थिति रहने आयोजकको भनाइ छ । सो जात्राका क्रममा पितृ मोक्षका लागि बालाजु बाइसधारामा स्नान गरी स्वयम्भूको महाचैत्यमा पुगी पूजा गर्ने पनि चलन छ ।

    उनीहरु रातभर जाग्राम बसी छयोइमे बत्ती बाली पितृहरुको मोक्षका लागि कामना समेत गर्दछन् । जात्रामा नेपालका विभिन्न जिल्ला तथा भारतलगायतका मुलुकबाट ६० हजारभन्दा बढी भक्तजनहरु सहभागी हुने आयोजकको भनाइ छ ।

    २०८१, बैशाख ९ आइतवार०७:१९:२५
    प्रतिक्रिया
    सम्बन्धित समाचार