भट्टराई कुलवंशको निर्वाचन कार्यक्रम सार्वजनिक, बैशाख २२ गते मतदान

भट्टराई कुलवंशको निर्वाचन कार्यक्रम सार्वजनिक, बैशाख २२ गते मतदान

२०८१, बैशाख ११ मंगलवार

  • 1.0K
    SHARES

  • भट्टराई कुलवंशको निर्वाचन कार्यक्रम सार्वजनिक, बैशाख २२ गते मतदान

    दमक । यस अघि स्थगित भट्टराई कुलवंश प्रतिष्ठानको निर्वाचन कार्यक्रम सार्वजनिक भएको छ । 

    प्रतिष्ठानको चैत्र १७ गते चितवनको देवघाटमा निर्वाचन गतिविधि जारिरहँदा प्रतिनिधिविच विवाद, झगडा बढे पश्चात रोकिएको निर्वाचन कार्यक्रम पुनः सुचारु हुने भएको हो ।  

    मूल व्यवस्थापक वागमती प्रदेश रहेको प्रतिष्ठानको दशौं केन्द्रीय महाधिवेशन चितवनको देवघाटमा जारीरहँदा विवाद तथा झगडा भई निर्वाचन कार्यक्रम रोकिएको थियो ।

    सोही रोकिएको कार्यक्रम प्रतिष्ठानको विधान २०५० र निर्वाचन विनियमावली २०८० वमोजिम हुनेगरि सुचारु गरिएको निर्वाचन संयोजक युवराज भट्टराईद्धारा आज जारी सूचनामा जनाइएको छ । 

    जस अन्तर्गत बैशाख १५ गते सम्म उमेद्वारको नाम फिर्ता लिने र १६ गते उमेद्वारको अन्तिम नामावली प्रकाशन झापाको दमकबाटै हुनेछन् । 

    त्यस्तै, मतदान, मतगणना र निर्वाचन परिणामको घोषणा महाधिवेशन स्थल चितवनको देवघाटमा हुने पनि सूचनामा जनाइएको छ ।

    भट्टराई कुलवंशको महाधिवेशनमा झगडा, निर्वाचन कार्यक्रम स्थगित

    २०८१, बैशाख ११ मंगलवार०८:२०:२८
    प्रतिक्रिया
    सम्बन्धित समाचार