चीन भ्रमण गर्ने योजनामा पुटिन

चीन भ्रमण गर्ने योजनामा पुटिन

२०८१, बैशाख १४ शुक्रवार

  • 833
    SHARES

  • चीन भ्रमण गर्ने योजनामा पुटिन

    मस्को । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आगमी मे महिनामा चीन भ्रमण गर्ने योजना बनाउनुभएको रुसी समाचार एजेन्सी तासलाई उद्धृत गर्दै क्योडोले जनाएको छ । गत मे ७ मा पाँचौँ कार्यकाल सुरु भएपछि पुटिनको यो पहिलो विदेश भ्रमण हुनेछ ।

    पुटिनले बिहीबार रुसी युनियन अफ इन्डस्ट्रियलिस्ट एन्ड इन्टरप्रेन्योर कङ्गे्रसको सम्बोधनमा आफ्नो मे महिनामा चीनको भ्रमण तय भएको उल्लेख गर्नुभयो ।

    अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केन बेइजिङ आइपुगेको केही समयपछि पुटिनको यस्तो घोषणा आएको हो ।

    चिनियाँ राष्टङपति सी जिनपिङले यसै महिनाको सुरुमा बेइजिङमा रूसी विदेशमन्त्री सेर्गेई लाभरोभसँग भेट गर्नुभएको थायो । उक्त समयमा लाभरोभ र सीबीच छ वर्षमा पहिलो पटक प्रत्यक्ष छलफल भएको थियो । लाभरोभ र सीबीच सन् २०१८ मा पुटिन पुनः निर्वाचित भएपछि चीनको उद्घाटन भ्रमणभन्दा ठिकअघि भेट भएको थियो ।

    त्यसबेलादेखि चीन र रुसले विशेषगरी युक्रेनमा पुटिनको युद्धपछि आफ्नो आर्थिक, व्यापार र कूटनीतिक सहकार्यलाई तीव्र बनाएका छन् ।

    युक्रेन युद्धमा आफ्नो तटस्थता दावी गरे पनि चीन रुसका लागि महत्त्वपूर्ण आर्थिक साझेदारको रूपमा देखापरेको छ र उसले रुसको एक्लिएको अर्थतन्त्रलाई महत्त्वपूर्ण समर्थन प्रदान गरेको छ । दुई राष्ट्रले पश्चिमी नियन्त्रण प्रयासहरूको विरुद्ध कूटनीतिक गठबन्धन पनि गरेका छन् ।

    अन्य देशहरूले रुसी आयातमा प्रतिबन्ध लगाएपछि बेइजिङले निरन्तर रुसी तेल आयात गरिरहेको छ ।

    पुटिनको पछिल्लो बेइजिङ भ्रमण सन् २०२३ अक्टोबरमा बेल्ट एन्ड रोड फोरमको समयमा भएको थियो । त्यस्तै सीले सन् २०२३ मार्चमा मस्कोको भ्रमण गर्नुभएको थियो । -एजेन्सी । 

    २०८१, बैशाख १४ शुक्रवार०९:१६:४६

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार