अन्तरराष्ट्रियकरण हुँदै शिक्षक ट्रेड युनियन र मानव अधिकार

अन्तरराष्ट्रियकरण हुँदै शिक्षक ट्रेड युनियन र मानव अधिकार

२०८१, बैशाख १५ शनिवार

  • 841
    SHARES

  • अन्तरराष्ट्रियकरण हुँदै शिक्षक ट्रेड युनियन र मानव अधिकार

    काठमाडौं । नेपाली शिक्षकहरुले ट्रेड युनियन र मानव अधिकार विषयलाई अन्तरराष्ट्रिय समुदायमा पुर्याएका छन् । 

    शुक्रवार काठमाडौंमा शुरु भएको ट्रेड युनियन र शिक्षा अधिकारको लागि संघिय पहल विषयक कार्यक्रम सार्वजनि गर्दै नेपाल राष्ट्रिय शिक्षक संगठन, नेपाल शिक्षक संघ र संस्थागत विद्यालय युनियन ( इस्टु) का नेताले सो कुराको जानकारी गराएका हुन् । 

    शिक्षामा भएको नीजिकरण र व्यापारीकरणले सार्वजनिक शिक्षा झनै थिलथिलो बन्दै गएको उनीहरुले बताएका छन् । विश्व समुदायमा कबोल गरेर पनि शिक्षामा २० प्रतिशत लगानीबाट राज्य पछि हटेको गुनासो गरेका छन् ।

    222.jpg

    नयाँ जनशक्तिलाई पेशामा आकर्षित गर्न र कार्यरत शिक्षकका माग मुद्धा सम्बोधन गरि टिकाईराख्ने वातावरण बनाउन माग गरेका छन् ।

    स्थानिय सरकारले गरेका अनावश्यक हस्तक्षेप र प्रतिशोधले शिक्षण पेशा आतंकित र पेशाप्रति नै वितृष्णा जाग्दै गएको गुनासो गरेका छन् । हाल देशमा अपुग ७० हजार शिक्षकलाई पदपुर्ति गर्न समेत उनीहरुको माग छ । 

    22.jpg2222.jpg

    २०८१, बैशाख १५ शनिवार०८:०९:३१

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार